अष्ट्रेलियाका नेपाली युबालाई क्यान्सर,सहयोगको अपिल

२२ मे,सिड्नी।
अष्ट्रेलियाको क्विसल्याण्ड राज्यमा बस्दै आएका बिशाल पौडेललाई क्यान्सर भएको छ । उनी सन् २०१७ मा श्रीमती सहित अष्ट्रेलिया आएका थिए ।उनी अचानक स्वास्थ्यमा फरक देखिएपछि मार्च २ तारीख स्वास्थ्य परिक्षणका लागि अस्पताल जादा तत्कालै भर्ना गरी थप परिक्षण गरिएको र १२ मार्चमा पित्तनलीको क्यान्सर भएको अस्पतालले पुष्टी गरेको बताइएको छ । पौडेलको उपचारका लागि अहिले गैर-आबासीय नेपाली संघ क्विसल्याण्ड राज्यले सहयोग संकलम कार्य गरिरहेको छ । उनको उपचारका लागि १ लाख ६० हजार अष्ट्रेलियन डलरको उद्देश्य राखेर एनआरएनए क्विसल्याण्डले गोफण्ड मार्फत् फण्ड संकलन गरिरहेको छ । उनले आफुलाई सहयोग गर्न नेपाली समुदाय बिच अपिल समेत गरेका छन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।