२१ मे,सिड्नी ।
लकडाउनका कारण नेपालमा फसेका अष्ट्रेलियाली,पिआर होल्डर र उनका ईमिडेट फेमली मेम्बर र न्युजिल्याण्डका नागरीक लिएर यही जुन ५ तारीखका दिन काठमाण्डौ बाट अष्ट्रेलियाको राजधानी क्याबेरा आउने भनिएको नेपाल एयरलाईन्सको चार्टड बिमान जुन ८ मा आउने भएको छ ।बिहिबार दिउसो नेपालका लागि अष्ट्रेलियन राजदुत पिटर बडले फेसुकमा भिडियो पोष्ट्याउदै सो
बताएका हुन् । अब आउने नेपाल एयरलाइन्सको बिमानमा अष्ट्रेलियामा समस्या फसेला नेपालीहरुलाई समेत नेपाल पठाउन ब्यबस्था मिलाउने तयारीमा रहेको नेपाली दुताबास क्यानबेराले बताएको छ ।यसघि नेपाल एयरलाईन्सले अप्रिल २ मा पहिलोपटक ब्रिसबेन र दोस्रो पटक मे ७ मा सिड्नी आएको थियो । एयरलाइन्सले दुई चरण गरी अष्ट्रेयाली,पिआर होल्डर र न्यजिल्याण्डर गरी करिब ६ सय यात्रुलाई अष्ट्रेलिया अबतरण गरिसकेको छ ।
नेपालमा लकडाउन बढ्ने संकेत देखिपछि नेपाल स्थित अष्ट्रेलियन राजदुताबासको पहलमा तेस्रो पटक आफ्ना नागरिक र पिआर होल्डरलाई अष्ट्रेलिया पठाउन लागेको हो ।यस अघि मे १५ मा तेस्रो तथा अन्तिम चार्टड फ्लाईट गर्ने अष्ट्रेलियन दुताबासले तयारी गरे पनि कारणबश १५ को फ्लाईटलाई जुन ५ हुदै अन्त्ततःजुन ८मा सारिएको हो ।






