२० मे,सिड्नी ।
जुन ५ मा अष्ट्रेलियाको राजधानी क्यानबेरा आउने नेपाल एयरलाईन्सको चार्टड बिमानमा अष्ट्रेलिया बाट नेपाल जान चाहनेहरुलाई पठाउने तयारी रहेको नेपाली दुताबासले जनाएको छ ।
यसअघि दुई पटक सम्म नेपाल एयरलाईन्सको बिमान अष्ट्रेलिया आए पनि दुताबासले नेपाल जान चाहने आकस्मिक कामका नेपाली नागरिकलाई पठाउन नसकेपछि चौतर्फी रुपमा खण्डन गरिए
पनि यसपटक भने दुताबासले नेपालीलाई पठाउने तयारी गरेको छ । अष्ट्रेलियाको मेल्बर्नमा क्रिकेटर अनिल अधिकारीले दोस्रो पटक मे ७मा आएको बिमानमा नेपाल जान चाहने नेपालीलाई दुताबासले पठाउन पर्ने भन्दै ८ घण्टाको भोक हड्ताल समेत गरेका थिए । सो समयमा क्यानबेरा स्थित नेपाली दुताबासले नेपाली पठान पहल गरे पनि नेपाल सरकारले नै अनुमति नदिदा दुताबासको पहल सफल हुन सकेन ।
तेस्रो पटक आउदै गरेको बिमानमा अष्ट्रेलियामा समस्यमा परेका र आकस्मिक कामका नेपाली पठाउन दुताबासले गरेको पहलमा नेपाल सरकारको सम्बन्धित निकायले सकरात्मक संकेत देखाएको भन्दै अहिले तयारी गरेको बुझ्नमा आएको छ । File Photo*







