१५ मे,सिड्नी ।
लकडाउनका कारण नेपालमा फसेका अष्ट्रेलियाली,पिआर होल्डर र उनका ईमिडेट फेमली मेम्बर र न्युजिल्याण्डका नागरीक लिएर यही जुन ५ तारीखका दिन काठमाण्डौ बाट अष्ट्रेलियाको राजधानी क्याबेरा नेपाल एयरलाईन्सको चार्टड बिमान आउने भएको छ ।शुक्रबार साँझ नेपाल स्थित अष्ट्रेलियाका राजदुत पिटर बटले सोको जानकारी गराएका हुन् ।
यसघि नेपाल एयरलाईन्सले अप्रिल २ मा पहिलोपटक ब्रिसबेन र दोस्रो पटक मे ७ मा सिड्नी आएको थियो । एयरलाइन्सले दुई चरण गरी अष्ट्रेयाली,पिआर होल्डर र न्यजिल्याण्डर गरी ५ सय ५० जति यात्रुलाई अष्ट्रेलिया अबतरण गरिसकेको छ । नेपालमा लकडाउन बढ्ने संकेत देखिपछि नेपाल स्थित अष्ट्रेलियन राजदुताबासको पहलमा तेस्रो पटक आफ्ना नागरिक र पिआर होल्डरलाई अष्ट्रेलिया पठाउन लागेको हो । यस अघि मे १५ मा तेस्रो तथा अन्तिम चार्टड फ्लाईट गर्ने अष्ट्रेलियन दुताबासले तयारी गरे पनि कारणबश १५ को फ्लाईटलाई जुन ५ मा गर्ने दुताबासले निर्णय गरेको हो ।






