१५ मे,सिड्नी ।
कोरोनाभाइरसको संक्रमण अष्ट्रेलियामा नियन्त्रणमा आएको छ । पुर्णरुपमा नियन्त्रणमा नआए पनि चिन्ताजनक अबस्था नरहेपछि सरकारले देशभर आंशिक लकडाउनलाई पनि केहि बन्दाबन्दीको शर्त राख्दै खुकुलो बनाएको छ ।आज मे १५ तारीख शुक्रबार देखी एनएसडब्लु राज्यमा क्याफे,रेष्टुरेण्टमा समेत कस्टमर राख्नपाउने गरी खुल्ने भएका छन् ।
तर एक पटकमा १० जना सम्मलाई राख्न पर्नेहुन्छ । घरबाहिर १० जना सम्ममा सामुहिक भेटघाट गर्न समेत पाउनेछन् । अहिले सम्म घरमा पाहुन बोलाउन र जान बन्देज फुकुवा गर्दै आज देखि ५ जना सम्म पाहुना जान-आउन पाउनेछन् ।यसैगरी घर भित्रको श्रदान्जलीमा २० जना सम्म र घरबाहिरको श्रदान्जली कार्यक्रममा ३० जना सम्म सहभागी हुन पाउनेछन् ।
बिबाहको हकमा भने १० जना सम्म सहभागी हुन पाउनेछन् । धार्मिक स्थलमा १० जना सम्म भेला हुन या ता दर्शन गर्न पाउनेछन् ।यसअघि नै सामुन्द्रिक क्षेत्र खुलिसकेका छन् । सरकारले जुलाई सम्ममा सबै क्षेत्रलाई साबिकमा झै सामान्य अबस्थामा फर्काउन गृहकार्य गरेको बताइएको छ ।







