१० मे,सिड्नी ।
कोरोनाभाइरसको संक्रमण अष्ट्रेलियामा नियन्त्रणमा आएको छ । पुर्णरुपमा नियन्त्रणमा नआए पनि अब खासै चिन्ताजनक हुने अबस्था नदेखिएपछि सरकारले देशभर आंशिक लकडाउनलाई पनि केहि बन्देज राख्दै खुकुलो बनाएको छ ।तेस्रो चरण सम्म लकडाउन खोल्ने राज्यको निति रहेको छ । यही मे १५ तारीख शुक्रबार देखी एनएसडब्लु राज्यमा क्याफे,रेष्टुरेण्टमा समेत कस्टमर राख्न
पाउने गरी खुल्ने भएका छन् । तर एक पटकमा १० जना सम्मलाई राख्न पर्नेहुन्छ । घरबाहिर १० जना सम्ममा सामुहिक भेटघाट गर्न समेत पाउनेछन् । अहिले सम्म घरमा पाहुन बोलाउन र जान बन्देज फुकुवा गर्दै शुक्रबार देखि ५ जना सम्म पाहुना आउन पाउनेछन् ।यसैगरी घर भित्रको श्रदान्जलीमा २० जना सम्म र घरबाहिरको श्रदान्जली कार्यक्रममा ३० जना सम्म सहभागी हुन पाउनेछन् । बिबाहको हकमा भने १० जना सम्म सहभागी हुन पाउनेछन् । धार्मिक स्थलमा १० जना सम्म भेला हुन या ता दर्शन गर्न पाउनेछन् ।






