४ मे,सिड्नी ।
अष्ट्रेलियाको न्यु साउथ वेल्स राज्य अर्थात् सिड्नीमा गत २४ घण्टा कोरोना भाइरसको एक जना मात्र संक्रमित पुष्टी भएको छ । एनएसडब्लु हेल्थले ७ बर्षीय स्कुले बालकमा केस पुष्टी गरेको हो । यो संगै एनएसडब्लुमा कोरोना संक्रमित संख्या ३ हजार ३३ पुगेको छ ।गत २४ घण्टामा ५ हजार ५ सय ७१ जनाको कोरोना परिक्षण गर्दा एक मात्र संक्रमित फेला परेको हेल्थले जनाको छ ।
संक्रमित बालकको स्कुल वारिङबा पब्लिक स्कुल आज बन्द समेत गरी स्कुलका बालबालिकाको थप परिक्षण सुरु गरेको हेल्थले जनाएको छ ।एनएसडब्लुमा संक्रमितमा कमी आए संगै आंशिक लकडाउन शुक्रबार देखी नै खुकुलो पारिएको छ । भने,अब केहि दिनमा क्याफे,रेष्टुरेण्ट लगायतका ब्यापारिक प्रतिष्ठान समेत खुल्ने भएका छन् । एनएसडब्लुमा अहिले सम्म २ हजार ३ सय २८ निको भइसकेका छन् ।
अष्ट्रेलियाभर कोरोना संक्रमित ६ हजार ८ सय १ पुगेका छन् । यसमध्ये ५ हजार ८ सय १७ निको भएका छन् । यस्तै कोरोनाभाइरसकै ९५ जनाको मृत्यु भएको छ । विश्वभर कोरोना संक्रमित संख्या ३५ लाख ७९ हजार ४ सय ५४ पुगेको छ । भने २ लाख ४८ हजार ४ सय ४५ को मृत्यु भएको छ । कोरोनाभाइरसको संक्रमण बाट विश्वभर ११ लाख ५८ हजार ९ सय २७ जना निको भएका छन् ।







