ब्रिसवेनमा नेपाली विद्यार्थीको कोठामा आगलागी

२४ अप्रिल,ब्रिसवेन ।
अष्ट्रेलियाको ब्रिसवेन स्थित नेपाली बिध्यार्थीहरु बस्ने एक युनिटको कोठामा बिहिबार साँझ आगलागी भएको छ ।बिहिबारको घटना शुक्रबार मात्र सार्बजनिक भएको हो । काममा गएका बेला एक जोडी बस्ने कोठामा आगलागी हुदा बिध्यार्थीका पासपोर्ट लगायतका महत्वपुर्ण कागजपत्र समेत जलेर नष्ट भएको बताईएको छ ।साथै नगद २ हजार डलर सहित एक थान ल्यापटप, एक थान आईप्याड, लत्ता कपडा र फर्निचर जलेको बताइएको छ ।आगलागीको आधिकारीक कारण नखुले पनि ल्यापटप चार्जर बाट ईलेक्ट्रिक सट भएर लागेको हुनसक्ने अनुमान गरिएको छ । सो युनिटमा ८ जना नेपाली बिध्यार्थीहरु बस्दै आएका थिए । Photo : NepalTube

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।