२२ अप्रिल,सिड्नी ।
कोरोनाभाइरस (कोभिड-१९)का कारण बिदेशी बिध्यार्थीलाई अध्यापनमा पर्ने सक्ने सम्भावनालाई ध्यान दिदै अष्ट्रेलियाका केहि शैक्षिक संस्थाले बिदेशी बिध्यार्थीका लागि राहत कोष घोषणा गरेका छन् । ज-जसले राहत कोष र प्याकेज घोषणा गरे उनीहरुले आफ्नै कलेजमा पढ्ने र आफ्नै कन्सलटेन्सी बाट आएकाहरुलाई मात्र दिने भएका छन् ।
नेपाली मुलका शैक्षिक प्रदायक संस्था मेल्वर्न ईन्सिटच्युट र एक कन्सल्टेन्सीले यस अघि राहत घोषणा गरेका थिए । अहिले सिड्नमा रहेको क्राउन इन्स्टिच्युट अफ हाइयर एजुकेशनले को आफ्ना बिधार्थीहरुका लागि २५ लाख अष्ट्रेलियन डलर बराबरको राहत प्याकेज घोषणा गरेको छ । इन्स्टिच्युट २२ अप्रिलका दिन एक प्रेस बिज्ञप्ति जारि गरि उक्त प्याकेज घोषणा गरेको हो ।






