१७ अप्रिल,सिड्नी ।
अष्ट्रेलियाको सर्बाधिक धनी ब्यक्तीको सुचिको सयभित्र रहेका नेपाली मुलका अष्ट्रेलियन नागरिक शेष घलेको मेल्वर्नमा रहेको एमआईटि कलेजले बिदेशी बिध्यार्थीका लागि एक मिलिन डलरको कोरोनाको राहत दिने भएको छ ।मेलवर्न इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी)ले कोरोना भाइरस (कोभिड–१९) को महामारीमा परेका बिध्यार्थीलाई राहत दिने भएको हो ।यो राहत मेल्वर्न र सिड्नीमा रहेको कलेजमा अध्ययनरत बिध्यार्थीहरुले मात्र पाउनेछन् ।
राहत पाउनका लागि कोरोनाकै कारण काम गुमाएको हुनु पर्नेछ । राहतमा ५ सय डलर सम्मको राहत हुनेछ ।एमआइटीले राहत कुन तरिकाले बितरण गर्छ भन्ने बिषय भने खुलाएको छैन । घलेको यस कलेजमा मेल्वर्न र सिड्नी गरी करिब चार हजार बिध्यार्थी अध्ययनरत छन् ।






