१६ अप्रिल,सिड्नी ।
कोरोनाभाइरस (कोभिड-१९) कै कारण धेरैको भिषामा समस्या आएको हुनसक्ने भन्दै नेपालको भिसालाई थप ६ महिना मान्यता दिने भएको छ ।सो जानकारी क्यानबेरा स्थित नेपाली राजदूतावासले आज एक वक्तव्य जारी गरी गराएको हो । राजदुताबासको बक्तव्यमा १ जनवरी २०२० देखि १ मार्च २०२० सम्म जारी गरिएको भिसालाई थप ६ महिना मान्यता दिने भएको छ ।
यसैगरी नेपाली राजदूतावासका साथै अष्ट्रेलिया र न्यूजिल्याण्डको वाणिज्य दूतावासले प्रदान गरेको नेपालको भिसा जारी मितिबाट ६ महिनाका लागि बढाएर एक वर्षका लागि मान्यता हुने घोषणा गरेको छ ।






