नेपाल एयरलाईन्सको बिमान ब्रिसबेनमा आजै स्वदेश फर्कने

२ अप्रिल,सिड्नी ।
कोरोनाभाईस (कोभिड-१९)को महामारीका बिच नेपालमा फसेका नेपाली मुल सहितका गरी अष्ट्रेलियन र न्युजिल्याण्डका २५२ जना यात्रु बोकेर पहिलो पटक नेपाल एयरलाईन्सको बिमान अष्ट्रेलियानको ब्रिसबेन अबतरण भएको हो ।बिमानमा आएका सबै यात्रुलाई फोर्स क्वारेन्टाईनमा राखिएको छ । जहाँ अष्ट्रेलियन सेनाले निगरानी गर्नेछ । यसअघि बिमान सिड्नी अबतरण गर्ने अष्ट्रेलियन दुताबास नेपालको तयारी रहे पनि सिड्नीको होटलहरुमा फोर्ष क्वारेन्टाईनका लागि पर्याप्त रुमहरु र सेबा उपलब्ध नहुदा बिमानलाई ब्रिसबेन मुभ गरिएको हो ।बिमानमा आएका सबै यात्रुहरु १४ दिन सम्म क्वारेन्टाईनमा बसेपछि मात्र घर फर्कन पाउनेछन् । बिमान आजै नेपाल फर्कदैछ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।