३१ मार्च,सिड्नी ।
नेपालमा रहेका नेपाली मुलका सहितका दुई सय भन्दा बढी अष्ट्रेलियन र पिआर होल्डर लिएर नेपाल एयरलाईन्स भोली (बुधबार) ब्रिसबेन उड्ने भएको छ । यसअघि सिड्नी ल्याउने भनिए पनि सिड्नीमा क्वारेन्टाईनमा राख्ने ठाउ अपर्याप्त भएकाले फ्लाईट ब्रिसबेन सिफ्ट गरिएको हो । फ्लाईट साँझ ५ बजेर ३० मिनेटमा हुनेछ।यस्तै यसअघी नेपाल एयरलाईन्सको वाईडबडी उडाउने तयारी भए पनि अहिले न्यारोबडी (सानो) बिमान उडाउने भएको छ । बिमानले मलेसियाको कोलालाम्पुरमा फ्युल भरेर ब्रिसवेन आउनेछ ।
ब्रिसवेन पुगेर सबै यात्रुहरुले १४ दिन सरकारी क्वारेन्टाईनमा बसी घर फर्कन पाउनेछन् ।
यो फ्लाईटमा यात्रा गर्न लागेका मध्येका बिनोद पौडेलले नौलो अनुभब हुदै गरेको जानकारी गराएका छन् । उनका अनुसार फ्लाईट अहिलेलाई ब्रिसबेन भनिए पनि क्वारेन्टाईनको स्पेस अनुसार अन्य शहर पनि हुन सक्ने उनले बताए ।
आजै नेपाल स्थित अष्ट्रेलियन दुताबासले यात्रुहरुलाई यात्राका बारे सम्पर्क गर्ने भएको छ ।