एनआरएनए अष्ट्रेलिया संग ४३८ ले मागे राहत,९२ बिध्यार्थीलाई बितरण

  श्यामसुन्दर गिरी

२९ मार्च,सिड्नी ।
कोरोनाभाईरसले उत्पन्न गराएको जटिल परिस्थतका कारण अष्ट्रेलियाका हजारौ नेपाली बिध्यार्थी आर्थिक संकटमा पर्न थालेका छन् । गत साता देखि नै अधिकांसको काम बन्द हुनाले आर्थिक संकट आईलागेको हो । यसैबिच अष्ट्रेलिया आएका नयाँ बिध्यार्थी,सेल्फ आईसोलेसनमा बसेका र काम नभएकालाई गैर-आवासीय नेपाली संघ अष्ट्रेलियाले राहत दिने घोषणा संगै अष्ट्रेलियाभर राहत माग्नेको संख्या ४३८ पुगेको छ । तर २८ मार्च सम्ममा एनआरएनएएले ९२ जनालाई मात्र राहत बितरण गरेको छ ।

माग धेरै भएको तर राहत दिने क्राईटयरिया अनुसार ९२ जनालाई मात्र बितरण गर्न सकिएको एनआरएनए अष्ट्रेलियाका अध्यक्ष केशब कडेलले बताए । उनका अनुसार राहत माग गरेका बाकी आबेदकहरुलाई पनि केहि न केहि राहत दिनका लागि आफुहरु बिच छलफल भैईरहेको बताए ।

राहत अष्ट्रेलियन क्यापिटल टेरिटोरीमा ५ जना सेल्फ आईसोलेसनमा रहेका मध्ये ३ जनालाई बितरण गरिएको छ । यस्तै एनएसडब्लुमा १३९ मध्ये २८ जनालाई बितरण गरिएको छ ।नर्दन टेरिटोरिमा १३ मा ५,क्विसल्याण्डमा १२७ मा ४ जनालाई राहत बितरण गरिएको हो । यस्तै साउथ अष्ट्रेलियामा २९मा १२,तास्मानियामा ८ मा ८ जनालाई,भिक्टोरियामा ११० मा ३० र वेस्ट्रन अष्ट्रेलियामा ७ जना सेल्फ आईसोलेसनमा रहेका मध्ये २ जनालाई राहत बितरण गरिएको हो ।राहत सहयोगका लागि फर्म भरेका मध्ये केहिले मोरल सपोर्ट देखि युटिलिटि बिल सम्ममा सहयोग गर्न अनुरोध गरिएको बुझ्नमा आएको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।