२५ मार्च,सिड्नी ।
सिड्नी स्थित स्ट्राथफिल्ड ट्रेन स्टेसनमा गोरखा स्थायी घर सिड्नीको सेन्ट्रल बस्दै आएका मिलन गुरुङ मृत अबस्थामा फेला परेको छ । उनी मंगलबार बिहान करिब ४।३० बजेको समयमा स्टेसनमा मृत अबस्थामा फेला परेका हुन् । घटना घटेको लामो समय सम्म पनि यो घटना बारे समुदायमा क्रियाशिल र गैर-आवासीय नेपाली संघका पदाधिकारीलाई जानकारी भएन । बिहान ४ बजे तिरको घटना मंगलबार साँझ मात्र थाहा भएको हो ।सो घटना बारे पहिलो जानकारी गैर-आवासीय नेपाली संघकी महिला संयोजक भोमा लिम्बुले पाएको बताउछिन् । मृतकका आफन्त एक जना युबाले लिम्बुलाई अत्तालिदै फोन गरेर घटनाको बिबरण जानकारी गराएको उनले नेपाल टिभीलाई बताईन् । उनी साथीहरु रमाईलो गरी बिहान ४ बजे तिर अबर्न बाट साथीहरु संग घर सुत्न भनी सेन्ट्रल हिडेको जानकारी आएको लिम्बुले थपिन् ।
यसै बिषयमा गैर-आबासीय नेपाली संघ अष्ट्रेलियाका प्रबक्ता नन्द गुरुङले भने बुधबार (आज केहि समय अघि) मृतकको सनाखत भैईसकेको तर पोष्टमार्टम बाँकी नै रहेकाले घटना बारे यकिन भन्न नसकिने अबस्था बताए । प्रहरीको अनौपचारिक भनाईलाई उदृत गर्दै उनले भने ‘अनगोईङ (दौड्दै गरेको) ट्रेनमा हाम फालेर आत्महत्या गरेको हुन सक्ने आंशाका गरिएको छ अब पोष्टमार्टम रिपोर्ट कुरौ’ ।
केहि महिना अघि मात्रै ब्रिसबेन बाट सिड्नी आएका गुरुङको सब सम्भब भए सम्म नेपाल पठाउने तयारी गरिने प्रबक्ता गुरुङले बताए ।