अपडेट : सिड्नी पब झगडामा परेका युबाको मृत्यु

सिड्नी ।
शनिबार राती सिड्नीको हर्षिल स्थित एक पब नेपाली युबाहरुको दुई समुह बिचमा बिबाद बढेपछि भएको घटनामा ललितपुर स्थायी घर भई सिड्नीको हर्षभिल बस्दै आएका २३ बर्षीय एक युबाको मृत्यु भएको छ ।मृतकलाई ५ जनाको समुहमा रहेका युबाहरुले पब बाहिर आक्रमण गर्न प्रयास भएको र उनका दुई साथीहरुले बचाउन छेक्दा छेक्दा भागेपछि भएको घटनामा उनको मृत्यु भएको हो । यद्दपी प्रत्यक्षदर्शी तथा मृतक संग रहेका उनका दुई साथीहरुले उनलाई कस्ले कता बाट कति बेला पिटेर घाईते बनाए भन्ने नदेखेको तर पब बाट करिब सय मिटर परको सडकमा घाईते अबस्थामा भेटेको बताएका छन् ।

पिट्ने समुह मध्येका एक युबा समेत घाईते भएका थिए । उनी उपचार गरी आईतबार नै पारामाटा लोकल कोर्टमा बयानका लागि कोग्रा प्रहरीले उपस्थित गराएको थियो ।
शनिबार बिहान ३ बजेको समयमा भएको घटनामा संलग्न पिट्ने समुहका पाँच मध्ये चारजनालाई घटनास्थल बाटै पक्राउ गरेको थियो । एक जना भने आक्रमण गर्ने कार्यमा संलग्न नभएको भन्दै उनलाई छुटकारा दिईएको एक प्रत्यक्षदर्शीले नेपाली टिभिलाई बताए ।

घटना स्थलमै गम्भीर भएका पिडितको अबस्था आईतबार नै नाजुक रहेकै कारण कोमामा राखिएको थियो । उपचारमा सहभागी चिकित्सकले मंगलबार मात्र मृत्युको घोषणा गरेको हो । आईतबार कोर्टले पक्राउ परेका चारै जना युबालाई बेल(जमानत) दिएको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।