१२ मार्च,सिड्नी ।
नेपाली कांग्रेसको भातृ संगठन जनसम्पर्क समिती अष्ट्रेलियाको अधिबेशन अन्तत: हुने भएको छ । दुई महिना अघि मात्रै सिड्नीमा कार्यकर्ता भेला गरी अधिबेसनका लागि अगाडी बढेको समितिले अष्ट्रेलियाका सातै स्टेटमा अधिबेशनको तयारीका लागि संयोजक तोकेको छ ।समय-समयमा राजनैतिक खिचातानी र संयोजकको बैधानिकताका बिषयमा बिबादमा आईरहने जनसम्पर्क समितिको अहिलेका बैधानिक संयोजक कृष्ण गिरी हुन् गिरीकै संयोजकत्तवमा कार्यकर्ता भेला गरी अधिबेसनको तयारी अघि बढाएका हुन् । उनलाई पार्टीबाट ६ महिना भित्र अधिबेशन गराउनका लागि निर्देशन समेत छ ।लामो समय सम्म अधिबेशन गराउन नसकेको जनसम्पर्क समिती अष्ट्रेलियाले बिभिन्न राज्यहरुमा संयोजक तोक्दा अधिबेशन हुने निश्चित भईसकेको छ । यद्दपी अधिबेशनको मिति अहिले सम्म तोकेको छैन ।जनसम्पर्क समिती अष्ट्रेलियाको केन्द्रिय बैठकले अधिबेशनका लागि एनएसडब्लु (सिड्नी) संयोजकमा शीतल खाँड गिरीलाई तोकेको छ । यस्तै भिक्टोरिया (मेल्बर्न) राज्यमा रमेश चत्कौली,पर्थका लागि निल थपलिया रहेका छन् ।
यस्तै अधिबेशन संयोजकहरुमा ब्रिसबेनका लागि अभिमानसिंह बस्नेत,क्याबेराका लागि भागीरथ सापकोटा,तास्मानियामा प्रमोद सापकोटा,डार्बिनमा सिजन गिरी र एडिलेटका लागि दिलीप पोखरेललाई संयोजक तोकेको छ । यस्तै केन्द्रले अष्ट्रेलियाको अधिबेसन समितीको निर्बाचन अधिकृतमा गणेश केसीलाई तोकेको छ ।