अष्ट्रेलियाको नेपाली समुदायलाई सतर्क रहन दूतावासको अपिल

१० मार्च,सिड्नी ।
चीनको हुवे प्रान्तको वुहान शहरबाट गत डिसेम्बर अन्तिम साता देखि फैईलिएको महामारी कोरोनाभाईरसले विश्वका पाँच दर्जन भन्दा बढी देशहरुलाई सताईरहेका बेला अष्ट्रेलिया पनि यसबाट अछुतो रहन सकेन ।कोरोनाभाईस दिनप्रतिदिन जटिल बन्दै गएको छ । भने,यसको नियन्त्रणका लागि सम्बन्धित निकायहरुले बढो मेहनत गरिरहेका छन् । कोरोनाकै कारण अष्ट्रेलियामा यो समचार तयार गर्दा सम्म ३ जनाले ज्यान गुमाईसकेका छन् । यस बाट अष्ट्रेलियाभर ४५ जना संक्रमित छन् । केहिको उपचार भईरहेको छ । भने,केही उपचार गरी सामान्य दैनिकीमा आईसकेका छन् ।

केहि दिन अघि मात्रै नेपाल बाट फर्किएका एक २० बर्षीय नेपाली बिध्यार्थीमा कोरोनाको संक्रमण पुष्टी भएपछि अष्ट्रेलियाका नेपाली निकायहरुले ध्यान दिएका छन् । यसै बिच नेपाली राजदुताबास क्यानबेराले सार्बजनिक अपिल जारी गर्दै नेपाली समुदायमा कोरोना बाट सचेत रहन सार्बजनिक अपिल गरेको छ ।दूतावास द्वारा जारी अपिलमा भीडभाडका कार्यक्रम सकेसम्म नगर्न,नगराउन र सो प्रकृतिको कार्यक्रममा सहभागी नहुने देखि संक्रमित बिरामीको सम्पर्कमा नआउने, राज्य सरकारहरुको स्वास्थ्य निकायहरुले जारी गरेको निर्देशनहरुलाई पालना गर्ने, सार्वजनिक यातायातमा हिंड्दा सुरक्षिक मास्कको प्रयोग गर्ने, हाछ्यू गर्दा या खोकी लाग्दा रुमाल या टिस्यु पेपरले मुख छोप्न, फोहर हातले नाक, मुख र आँखा नछुने, पटक पटक साबुन पानील हात धुने र स्यानिटाईजर प्रयोग गर्ने, सकेसम्म हात नमिलाउने, अंकमाल नगर्न भनिएको छ ।

कोरोनाकै कारण संबेदनशिल बनेको यस्तो समयमा दुताबासको सेवा लिन कार्यालयनै आउन पर्ने काम लगायतका कामका लागि हुलाक बाट पत्राचार गरी काम गर्न अपिल समेत गरेको छ ।

( कोरोनाभाईरस एक सामान्य भाईरस हो,यसबाट बच्नका लागि सधै साबुन पानीले राम्रो संग हात धुने,सकेसम्म माक्सको प्रयोग गर्ने र भिडभाडमा नजानुहोस् । कुनै शंका लागेमा यथासक्य चिकित्सकको सल्लाह लिनुहोस् ।)

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।