अष्ट्रेलियन नेप्लिज पत्रकार एशोसियसन गठन

८ मार्च,सिड्नी ।
अष्ट्रेलियाको एडिलेडमा अष्ट्रेलियामा रहेर पत्रकारीता गरिरहेका पत्रकारहरुले अष्ट्रेलियन नेप्लिज पत्रकार एशोसियसनको पहिलो साधारण सभाले नयाँ कार्यसमिति चयन गरेको छ । गत बर्ष गठन हेमन्त काफ्लेको संयोजकत्वमा गठन भएको एशोसियसनमा अहिले काफ्लेकै अध्यक्षतामा १३ सदसीय कार्यसमिति निर्माण गरेको खबर छ । यद्दपी एसोसियसनले सबै मिडिया र पत्रकारलाई सोको जानकारी गराएको थिएन ।

स्रोतका अनुसार एशोसियसनको सदस्यता भरेकाहरुलाई मात्र एसोसियन गठनमा बोलाईएको बुझिएको छ । कार्य समितिको उपाध्यक्षमा ऋषी आचार्य,निरु त्रिपाठी र सीता रसाईली चुनिएका छन् । यस्तै एसोसियसनको महासचिबमा चिरन्जिबी देबकोटा, सचिबमा सरल गुरुङ, कोषाध्यक्षमा कृष्ण तिवारी र सदस्यहरुमा कमल सिलवाल, छत्र शंकर, प्रकाश हुमागाई, खगेन्द्र सत्याल, मिलन दाहाल र सरिता ढकाल सर्बसम्मत रुपमा चुनिएका छन् ।

कार्यक्रममा अष्ट्रेलियाका लागि नेपाली राजदुत महेशराज दाहाल र साउथ अष्ट्रेलियाका सांसद तथा प्रिमियरकी सहायक मन्त्री चिङ लि लगायतका ब्यक्तिहरुको उपस्थित थियो ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।