फेरी दु:खद् खबर ! सिड्नीको समुन्द्रमा मृत भेटिए नेपाली युबा

सिड्नी ।
यो साता सिड्नीमा दुई जनाको ज्यान गएको छ । गत बिहिबार मात्रै कोग्रा बस्ने बिध्यार्थी रमिला महर्जनको उपचारका क्रममा मृत्यु भएको थियो । उनको सोमबार नै अन्त्यष्टी गरिएको छ ।

सोमबार नै सिड्नीमा अर्को दुखद् घटना घटेको छ । सिड्नीको वाटामालाको सामुन्द्रिक तटमा ३२ बर्षीय एक नेपाली युबा (नाम प्रकाशन नगरिएको)  शब सोमबार मध्यान्ह करिब १२ बजेर १५ मिनेटमा उनको शव समुन्द्र बाट निकालिएको हो ।

स्रोतका अनुसार तास्मानिया रहेकी श्रीमतीले श्रीमान आईतबार देखि सम्पर्कमा नरहेको भन्दै प्रहरीलाई जानकारी गराएपछि उनले प्रयोग गर्दै आएको मोबाईलको लोकेसन ट्रयाक बाट प्रहरीले शब फेला पारेको हो ।

सिड्नीको वरउडमा बस्दै आएका उनी पनि पिआरकै लागि तास्मानिया जाने तयारीमा समेत रहेको बुझिएको छ । मृतक सुनार ग्रानभिल फ्रेण्ड्स फुटबल क्लब बाट फुटबल समेत खेल्दै आएका थिए ।

HELP: Lifeline, 131 114 | MensLine Australia, 1300 789 978 | Beyond Blue, 1300 224 636

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।