सिड्नी ।
ललितपुर स्थायी ठेगाना भएकी रमिला महर्जनको बिहिबार सिड्नीमा उपचारको क्रममा निधन भएको छ । उनी दुई वर्ष अघि उच्च शिक्षाका लागि सिड्नी आएकी थिईन् ।
नेपालीहरुको बाक्लो बसोबास रहेको कोग्रा सबअर्बमा श्रीमान सन्जय महर्जन संगै बस्दै आएकी रमिला केहि समय देखी नै पेटको दुखाईले ग्रस्त रहेको र उपचारका क्रममा निधन भएको बुझ्नमा आएको छ ।
समचारमा ब्रेन ट्युमरले निधन भएको भन्ने खबर आईरहेका बेला स्रोतले भने पेटको क्यान्सरले निधन भएको दाबी गरेको छ । उनको उपचार कोग्राकै सेन्ट जोर्ज पब्लिक हस्पिटलमा उपचार भएको थियो । बिहिबार उनको मृत्यु भएको अस्पतालले घोषणा गरेको थियो भने सोमबार सिड्नीमै उनको दाह संस्कार गरिएको छ ।
यस बिषयमा गैर-आवासीय नेपाली संघ अष्ट्रेलियाका उपाध्यक्ष देब गुरुङ संग बुझ्न खोज्दा परिवारको कन्सर्न बिना केहि बोल्न नमिल्ने बताए ।








