सिड्नी । पछिल्लो समय अष्ट्रेलियाको मुख्य शहर सिड्नीमा अप्रिय घटनाहरु बढ्दो छ । शुक्रबार बिहान सिड्नीको किङ्सउड स्टेशनमा एक ५० वर्षीया महिला माथि दुई जनाले सांघातिक आक्रमण लुटपाट गरेका छन् ।बिहान सवा ५ बजे ट्रेन कुरेर बसेकी महिला माथि आक्रमण गरेर घाइते बनाएका छन् भने उनीहरुले महिलासँग भएका कुराहरु पनि लुटेर लगेका छन् ।प्रहरीका अनुसार दुई पुरुषहरुले उक्त महिलालाई जोसेप एण्ड अमारो स्ट्रिटबाट पछ्याएका थिए । पुरुषहरुले उक्त महिलासँग भएको पछाडि बोक्ने झोला, पर्स तथा मोबाइल लुटेका हुन् । घटनापछि उक्त महिला घर फर्किएका थिइन् । उनको अनुहारमा चोट लागेको थियो ।
यस्तै शनिबार दिउसो पनि सिड्नीमै यस्तै प्रकृतिको घटना घटेको छ ।