अष्ट्रेलियामा बर्षात् जनजीवन प्रभावित

सिड्नी,
शुक्रबार देखी अष्ट्रेलियाको अधिकांस क्षेत्रमा ठुलो मात्रामा बर्षा भईरहेको छ । निरन्तर तीन दिन देखीको बर्षाको कारण अष्ट्रेलियाको जनजीवन समेत प्रभावित बनेको छ ।शुक्रबार बाट बर्षात् सुरु भएका सप्तान्त (विकेण्ड)का कारण जनजीवनमा कम प्रभाब परे पनि बर्षा नरोकिए सोमबार देखी जनजीवन थप प्रभावित बन्नेछ ।शनिबार र आईतबार शुक्रबारको तुलनामा ब्यापक बर्षा हुनाले सिड्नीका केहि स्थानमा ट्रेन समेत प्रभाबिक हुदा सर्बसाधारणले सास्ती भोगे । आईतबार बर्षाकै कारण सिड्नीका दर्जन भन्दा बढी स्थानमा ब्ल्याक आउट (लोडसेडिङ) भएको थियो । यो समचार तयार पार्दा सम्म अझै केहि स्थानमा ब्ल्याक आउट जारी छ ।

ब्ल्याक आउटकै कारण सडकमा बत्ती बलेका छैनन् भने आईबार बिहानै देखी स्टोनिक्रिक रोड लगायतका केहि सडकका ट्राफिक लाईट समेत बलेका छैनन् । जसका कारण केहि स्थानमा स्थानीय प्रहरीले आबात जावातमा ट्राफिक प्रहरीको काम गरेक थिए ।

आईतबारको भारी बर्षाका कारण बरदेल पार्कमा ठुलो बाढी जादा ट्रेन रोकिएको थियो । करिब दिउसो २ बजे देखि ओलाईक्रिक देखि मिन्टोको रुटमा चल्ने ट्रेन प्रभाबित बनेको हो । सो रुटमा ट्रेन नचल्दा सर्बसाधारणले ३० मिनेटको दुरीलाई करिब ३ घण्टा सम्म लगाएर गन्तब्यमा पुगेका थिए ।

यस्तै सिड्नीको लिभरपुल देखी बैकस्टाउन सम्मको यरियामा केहि स्थानमा बाढी गएको छ भने रुख ढलेर बिधुत आपुर्तीमा क्षती पुगेको छ । मौषमपुर्बानुमानका अनुसार यो साता बर्षात् हुने देखिन्छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।