अष्ट्रेलियामा संगठित भए दोलखाली

सिड्नी ।
दोलखा स्थायी ठेगाना तथा बसोबास भएका दोलखालीहरु अष्ट्रेलियामा संगठित भएका छन् । दोलखालीहरुले आईतबार सिड्नीमा एक औपचारिक कार्यक्रमका बिच ‘दोलखा समाज अष्ट्रेलिया’ गठन गरेका हुन् ।न्यु साउथ वेल्सका लागि नेपाली महाबाणिञ्यदुत दिपक खड्काको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रमले समाजको कार्यसमिति समेत तय गरेको छ ।
समाजले दुई बर्षका लागि बिष्णु थापाको अध्यक्षतामा तेह्र सदस्यि कार्यसमिति निर्माण गरेको हो । समाजको उपाध्यक्षमा रमेश थापा र कलम खड्का,सचिवमा राजकुमार खड्का र कोषाध्यक्षमा निराजन थापा रहेका छन् ।

रामजी बस्नेत संरक्षक रहेको समाजका सदस्यहरुमा अन्जना कार्की बस्नेत,रोजिना श्रेष्ठ,प्रदीप दाहाल,युवराज थापा,सागर दाहाल,ईश्वर बस्नेत,रविन्द्र उप्रेती र प्रदिप थापा रहेका छन् ।

कार्यक्रममा महाबाणिञ्यदुत दिपक खड्का सहितका ब्यक्तिहरुले शुभकामना तथा बिचार राखेका थिए ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।