अष्ट्रेलियामा अग्नी नियन्त्रक बिमान दुर्घटना,तीन अमेरिकी नियन्त्रकको निधन

सिड्नी ।
अष्ट्रेलियाको न्यु साउथ वेल्स राज्य अन्तर्गत दक्षिणी क्षेत्रमा डढेलो नियन्त्रणका लागि पानी बोकेको बिमान बिहिबार दिउँसो १ बजेर ३० मिनेटमा दुर्घना हुदा ३ अमेरिकी अग्नी नियन्त्रको निधन भएको छ ।

Three American firefighters died when their waterbomber crashed while fighting a huge bushfire / Dailymail

वाटर बोम्बर एअरक्राफ्ट (विमान) सी १३० दुर्घटना भएको र यसमा सवार तीन जनाको मृत्यु भएको ईमर्जेन्सी सर्भिसका अधिकारीहरुले पुष्टि गरेका छन् । बिमान स्नोई माउन्टेनको उत्तरपूर्वी क्षेत्रमा दुर्घटना भएको हो । उनीहरु कोमा क्षेत्रमा आगो नियन्त्रणका लागि खटिएका थिए । तर के कती कारणले बिमान दुर्घटनामा परेको भन्ने बिषयमा भने अधिकारीहरुले सार्बजनिक गरेका छैनन् ।

विमानमा सवार व्यक्तिहरुको विषयमा परिवारको स्वीकृतिपछि मात्रै सार्वजनिक गरिने अधिकारीहरुले बताएका छन् । अष्ट्रेलियन यातायात सुरक्षा विभागले यस घटनाको छानविनका लागि विज्ञ सम्मिलित टोली घटनास्थल पठाएको स्थानीय मिडियाले जनाएका छन् ।

Search operations were conducted by helicopters in Peak View, north-east of Cooma / Dailymail

गत साता बर्षा हुदा आशिक रुपमा नियन्त्रणमा आए पनि बिहिबार चर्को घाम र तातो हावाले गर्दा धेरै स्थानमा डढेलो लागेको छ । यस्तै राजधानी क्यानबेरामा पनि ठुलो डढेलो लागेको छ । क्यानबेरामा यसै साता ठुलो असिना पानी समेत परेको थियो ।

 

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।