सिड्नी ।
नेप्लिज डेमोक्राटिक फोरम (एनएफडिएफ)को दशौ साधारण सभालाई सम्बोधन गर्न सिड्नी आईपुगेका नेपाली कांग्रेसका नेता तथा पुर्ब सिचाइ मन्त्री नारायण प्रकाश साउद सिड्नीमा सम्मानित भएका छन् ।नेता साउदलाई मोहन भट्टले नेतृत्व गरेको सुदुरपश्चिम समाज अष्ट्रेलियाले सोमबार एक कार्यक्रमका बिच सम्मान गरेको हो । नेता साउदले सुदुरपश्चिमको बिकास तथा बिस्तारका लागि गरेको सहयोगको कदर स्वरुप सम्मान गरिएको समाजले जनाएको छ ।
समाजले आगामी दिनमा सुदुरपश्चिमको बिकासका सन्दर्भमा राय,सुझाव समेत लिएको जनाएको छ । समाज पछिल्लो समय सक्रिय सामाजिक कार्यमा सकृय समेत छ ।