व्रिजबेन बस्ने नेपाली युवकलाई ब्लड क्यान्सर,सहयोगको अपिल !

सिड्नी ।
कास्की पोखरा स्थायी ठेगाना भएका ३० बर्षीय नेपाली युबक अर्जुन तिमल्सिना यति बेला ब्लड क्यान्सर संग लडिरहेका छन् ।तिमल्सिना ब्लड क्यान्सरले ग्रस भएको र उनको उपचार्थ सहयोगार्थ सामाजिक संजाल ‘गोफण्ड’मार्फत् सो खबर सार्बजनिक भएको हो । उनी श्रीमती सहित केहि समय देखि ब्रिजबेन बस्दै आएका छन् ।

उनलाई चिकित्सकले ३ महिनामा बोनम्यारो प्रत्यारोपण गर्न सुझाव दिएको छ । भने किमो दिने काम सुरु भईसकेको छ । बोन म्यारो प्रत्यारोपण गर्न कम्तिमा पनि ३ लाख डलर खर्च हुने चिकित्सकले जानकारी दिएको अर्जुनलाई उदृत गर्दै नेपाल ट्युबले लेखेको छ ।

उता अर्जुनले समेत आफुलाई बचाउनका लागि नेपाली समुदाय संग अपिल गरेका छन् । उनलाई गोफण्ड  मार्फत् सहयोग गर्न सकिनेछ ।

 

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।