क्यानबेरामा असिना पानी

सिड्नी ।
लामो समय देखि अष्ट्रेलिया डढेलोले संक्रमणमा गुज्रिरहेको बेला केहि दिन देखि परेको बर्षातले यहाँका स्थानीयहरुले राहतको अनुभब गरेका छन् ।  चर्को खडेरी र उच्च तेजको हावाले डढेलोले अष्ट्रेलियाका अधिकांस स्थान प्रभाबित भए । डढेलोकै कारण उग्र रुप लिएपछि १८ जनाको ज्यान जानुको साथै ५० करोड भन्दा बढी जिवजन्तु मर्नुका साथै करोडौ डलरको क्षती पुगेको छ ।

बिहिबार परेको बर्षातले एनएसडब्लु राज्यको डढेलो नियन्त्रणमा आए पनि केहि स्थानमा अझै बुसफायरको प्रभाब जारी छ ।उता राजधानी क्याबेरामा बने ठुलो असिना पानीले क्षती समेत पर्याएको छ । असिना पानीले सडकमा पार्किङ गरिएका अधिकांस गाडीको सिसा फुटेका छन् । केहि घरका सिसा समेत फुटेका छन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।