सिड्नी ।
करिब दुई महिना देखि अष्ट्रेलिया बुसफायरले संक्रमणमा गुज्रिरहेको छ । लामो समय देखि पानी नपर्नुले पनि बुसफायरले उग्र रुप लिएपछि १८ जनाको ज्यान जानुको साथै ५० करोड भन्दा बढी जिवजन्तु मर्नुका साथै करोडौ डलरको क्षती पुगेको छ ।
केहि दिन अघि सिड्नीका केहि स्थानमा हल्का बर्षा भए पनि बिहिबार बिहान देखि आज बुसफायर भएको क्षेत्रमा समेत ठुलै बर्षा भएको छ । आजको बर्षाले बुसफायर पुर्ण रुपमा नियन्त्रणमा आउन सक्ने सम्भावना देखिएको छ ।
अष्ट्रेलियाको पूर्वी क्षेत्रमा बिहीबार वर्षा भएको र राहत महसूस गरिएको स्थानीय अधिकारीहरुले बताएका छन् ।न्यु साउथ वेल्समा आगलागी भइरहेको र अहिले परेको वर्षाले आगो नियन्त्रण नै हुने अवस्था भने नरहेको अधिकारीहरुले जनाएका छन् ।
“आगलागी भएको क्षेत्रमा अहिले वर्षा भएपछि केही राहत महसूस त भएको छ, तर आगलागी नियन्त्रण नै हुने भने देखिएको छैन,” ग्रामिण अग्नी नियन्त्रण सेवाका अधिकारीहरुले सामाजिक सञ्जालमा बिहिबार लेखेका छन् ।
शुक्रबार बिहान (आज) बिहिबार भन्दा ठुलो बर्षात् हुदा थप राहतको अनुभब गरिएको छ । स्थानीय सञ्चार माध्यमहरुले पनि जलिरहेको जंगलमा वर्षा भएको भिडियो र फोटोहरु प्रकाशन तथा प्रसारण गरेका छन् ।
मौसम पुर्बानुमानका अनुसार यो सोमबार सम्म निरन्तर रुपमै बर्षा हुने अनुमान समेत गरेको छ ।








