सन्दिपको जुत्तामा बुसफायर हिरोज र भिजिट नेपाल

सिड्नी ।
अष्ट्रेलियाको बिस ब्यास लिग क्रिकेट खेलिरहेका चर्चित क्रिकेटर सन्दिप लामिछानेको जुत्ताको तस्विर यतिबेला भाईरल बनेको छ । उनको जुत्तामा एकमा बुसफायरमा हिरोज लेखेर नमस्तेको संकेत गरेका छन् भने अर्कोमा भिटिज नेपाल २०२० लेखेका छन् । जुन तस्विर मेल्बर्न स्टारले ट्वीटर मार्फत् सार्बजनिक गरेको छ ।
बुसफायर हिरोजले बुसफायरमा आफु पनि मर्माहत् भएको र सहयोग गर्नेहरु प्रति सम्मान ब्यक्त गरिएको र आफ्नो देशको पर्यटन बर्षको प्रचार स्वरुप जुत्ता रंगाएका हुन् ।

सन्दीप आबद्ध मेलबर्न स्टार्सले ट्वीट गरेर सन्दीप लामिछानेले अष्ट्रेलिया आगलागीको लागि सहयोग र आफ्नो देश नेपालको भ्रमण वर्षको अभियानमा समर्थन गरेको जनाएको छ ।
मेलबर्न स्टार्सले अष्ट्रेलियामा भइरहेको आगलागी पीडितको लागि क्लबको तर्फबाट र खेलाडीको व्यक्तिगत तर्फबाट सहयोग संकलन गरिरहेको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।