सिड्नी ।
करिब दुई महिना देखि अष्ट्रेलिया बुसफायरले संक्रमणमा गुज्रिरहेको छ । लामो समय देखि पानी नपर्नुले पनि बुसफायरले उग्र रुप लिएर नियन्त्रण बाहिर आईसेकेको थियो ।
अष्ट्रेलियाको यो बिपद्मा सामना गर्न सहानुभुती र प्रार्थना विश्वभर बाट आईरहेको छ भने सामुदायिक हिसाबले पनि पानी परोस् भनेर केहि दिन देखि कामना गरिरहेका थिए ।
अष्ट्रेलियाको बिभिन्न स्थानमा लागेको डढेलोमा १८ जनाले ज्यान गुमाईसकेका छन् । ५० करोड भन्दा बढी बन्यजन्तु र निजि फार्मका पालुवा जीवहरु मरेका छन् । भने,हजारौ नागरिक डढेलो बाट बिस्थापित भएका छन् ।
सोमबार साँझ सिड्नीका केहि स्थानमा हल्का बर्षा भए पनि बुधबार बिहान अर्थात् मध्यरातको १२ बजे देखि सिड्नीको अधिकांस स्थानमा पानी परेको छ । मध्यरातमा ०।८ मिलिमिटर प्रतिघण्टाको बर्षा भए पनि बिहान १ बजे देखि ९ बजे सम्म निरन्तर रुपमा २।८ मिलिमिटर प्रतिघण्टा सम्मको बर्षा भएको छ ।
यो बर्षाले बुसफायर नियन्त्रणमा आउन सक्नेछ ।
यस्तो छ बर्षातको बिबरण :