र्यालीलाई रोकेको छैन : पर्यटनमन्त्री

सिड्नी ।
भ्रमण बर्ष २०२० को प्रचार प्रसारको अन्तर्राष्ट्रिय संस्करण उद्घाटन मंगलबार सिड्नीमा सम्पन्न भएको छ । निकै तामझामले ओपेराको आंगनमा कार्यक्रमको उद्घाटन गर्ने आयोजकको तयारी भएता पनि अष्ट्रेलियाको पछिल्लो अबस्थाका कारण आयोजकले कार्य्रकमलाई परिमार्जन गरी सम्पन्न गरेको छ ।कार्यक्रमका प्रमुख अतिथि पर्यटनमन्त्री योगेश भट्टराईको सहभागीतामा ओपेरा हाउस भन्दा करिब ३०० मिटर वर नै औपचारिक कार्यक्रमको आयोजना गरिएको थियो ।
कार्यक्रम स्थल देखी ओपेरा हाउस सम्म र्याली (परेड) निकाल्ने आयोजकको तयारी अनुरुप र्यालीमा सहभागी भए र ओपेरा तर्फ र्याली जादै गर्दा ओपेरा हाउसका सुरक्षाकर्मीले र्यालीलाई रोकेको भन्ने समचारको खण्डन गर्दै पर्यटनमन्त्री योगेश भट्टराईले फेसबुक मार्फत् स्पष्ट पारेका छन् ।

मन्त्री भट्टराईको फेसबुक स्टाटस्:

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।