सिड्नी। नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन कार्यक्रममा सहभागी हुन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई अष्ट्रेलियाको ब्रिजबेन आईपुगेका छन् । यहि मंगलबार सिड्नीमा आयोजना हुने भ्रमण वर्षको उद्घाटनका लागि पर्यटनमन्त्री भट्टराई आईतबार (आजै) ब्रिजबेन आईपुगेका हुन् ।भने सोमबार उनी सिड्नीको एक कार्यक्रममा सहभागी बन्नेछन् ।
जनवरी ७ तारीखका दिन विदेशस्थित नेपाली दूतावासमा भ्रमण वर्षको उद्घाटन गरिने र दूतावास नभएका मुलुकमा गैरआवासीय नेपाली संघ मार्फत उद्घाटन गरिने भ्रमण वर्ष सचिवालयले जनाएको छ ।
भ्रमण वर्षको अन्तर्राष्ट्रिय शुभारम्भका लागि पर्यटनमन्त्री अष्ट्रेलिया आईपुगेका हुन् । । राष्ट्रमण्डल अष्टेलियाका लागि नेपाली राजदूतावास क्यानबेराको आयोजना तथा महावाणिज्य दूतावास सिड्नी न्यू साउथ वेल्सको सहयोग सिडनीमा भ्रमण वर्षको भव्य समारोहबीच शुभारम्भ गरिनेछ ।
कार्यक्रममा गैरआवासी नेपाली सङ्घ (एनआरएनए) लगायत स्थानीय अगुवा संस्थाको सहभागिता रहनेछ । कार्यक्रममा पर्यटनमन्त्री भट्टराई, अष्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहाल, नेपालको ५८औँ पटक भ्रमण गर्नुभएका अष्ट्रेलियन नागरिक क्रिस वाकर लगायतका विशिष्ट पाहुनाहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
राजदूतावासको पहलमा अष्ट्रेलियाका ट्राभल एजेन्सीहरूले नेपाल भ्रमणको प्याकेजहरू पनि सार्वजनिक गरिसकेका छन् ।यद्दपी हवाई भाडा भने अहिलेको समयमा अत्याधिक मुल्यमा एजेन्सीहरुले बेचिरहेका छन् ।
अष्ट्रेलियाबाट वार्षिक करिब ३३ हजार पर्यटक नेपाल भित्रिने गरेको तथ्याङ्क रहेको छ । यो सङ्ख्या दोब्बर बनाउने लक्ष्य रहेको छ । तर,प्रचार प्रसारको हिसाबले भने अष्ट्रेलियामा भ्रमण बर्षको खासै रौनक देखिएको छैन ।