सिड्नी ।
सिड्नी आसपासमा बसोबास गर्ने थारु समुदायको संगठन थारु सोसाईटी सिड्नीले माघी मेलाको दोस्रो संस्करण आयोजना गर्ने भएको छ ।गत बर्षको माघी पर्ब बाट माघी मेलाको सुरुवात गरेको सोसाईटीले माघे संक्रान्ती माघ १ कै दिन पारेर सिड्नीमा यहि जनवरी १५ मा मेलाको आयोजना गर्न लागिएको हो । मेला टम्पे स्थित होलबिच एभ रिकृयस्नल रिजर्भ (पार्क)मा हुनेछ ।
यस पटकको मेला हर्षोल्लासका साथ मनाउने तयारी गरिएको सोसाईटीका पब्लिक अफिसर अरुण आर्यण चौधरीले नेपाली टिभीलाई बताए । मेलामा थारू संस्कृति झल्काउने सांस्कृतिक कार्यक्रम र थारू परिकारहरु समेत राखिने चौधरीले थपे ।
थारू समुदायका विभिन्न धार्मिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक मूल्य मान्यताहरू जोडिएको माघी पर्वको महत्त्वलाई विदेशी भूमिमा पनि दर्साउने हेतुले अष्ट्रेलियामा माघी पर्बलाई मेलाका रुपमा मनाउन लागिएको बताईएको छ ।
पछिल्लो समय अष्ट्रेलियामा आ-आफ्नो रितिरिवाज र संस्कृतिको जगेर्नाका निम्ति सम्बन्धित संघ-संस्था सकृय छन् । मकर संक्रान्तीलाई नेपालमा एक बिशेष पर्बका रुपमा मनाईने गरिन्छ ।