आज देखी अष्ट्रेलियामा नेपथ्यको सांगितिक यात्रा शुरु

  श्यामसुन्दर गिरी

३ मार्च,सिड्नी ।
चर्चित नेपाली सांगितिक समुह नेपथ्यको अष्ट्रेलियाको सांगितिक यात्रा आज देखि हुने भएको छ । राजधानी क्यानबेरामा आज नेपथ्यले सुरुवाती प्रस्तुती दिदै यस पटकको यात्रा तय गर्ने भएको हो । सांगितिक प्रस्तुतीका लागि केहि दिन अघि मात्रै नेपथ्य समुह अष्ट्रेलिया आईपुगेको थियो । यस पटकको यात्रामा देशभर ७ शहरमा नेपथ्यले आफ्नो प्रस्तुती दिने भएको छ ।

मार्च ३ मा क्याबेरा हुदै मार्च ९ मा पर्थ,मार्च १४ मा बृस्वेन,मार्च १८ मा तास्मानियाको होबर्ट मा प्रस्तुती दिनेछ भने,मार्च २१ एडिलेड,मार्च २४ मा मेल्वर्न र अन्तिममा मार्च २९ मा सिड्नीमा नेपथ्यले आफ्नो सांगितिक प्रस्तुती दिने भएको छ ।

नेपथ्यको यस पटकको क्यानबेरा कन्सर्टलाई अष्ट्रेलियाका लागि नेपाली राजदुत चित्रालेखा यादबले समेत भिडियो सन्देश मार्फत् कन्सर्टमा उपस्थित हुन आग्रह गर्नु भएको थियो । राजदुत यादबको भिडियो प्रचार सामाग्री सार्बजनिक भए लगत्तै उहाँको चर्को आलोचना समेत भएको थियो ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।