उदयपुरका १ युबामा कोरोना भाइरसको पुष्टी

९ बैशाख,काठमाडौं ।
केहि दिन अघि उदयपुरको एक मस्जिदमा लुकेर बसेका १२ जना भारतीय नागरिकमा कोरोना भाइरसको संक्रमण पुष्टी भएको थियो । अहिले फेरी उदयपुरमा नै १ जनामा पुरुषमा कोरोनाभाइरसको संक्रमणको पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उनी ३३ वर्षका पुरुष हुन् ।यसअघि उदयपुरको त्रियुगा नगरपालिकाको एक मस्जिदमा बसेका १३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरुसँग सम्पर्क भएका व्यक्तिहरुको स्वाब संकलन गरेर काठमाडौं ल्याई परीक्षण गर्दा एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।यस्तै सोहि स्थानका ८ जनाको परिक्षण गर्दा कोशी अस्पताल विराटनगरमा कोरोना पोजेटिभ देखिएपछि पुन: परिक्षणका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।