नेकपा फुटिसक्यो, आफ्नो बाटो लागे हुन्छ : गोकुल बास्कोटा

५ मंसिर,काठमाण्डौ ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले अब पार्टीको एकता जीवन्त राख्ने राजनीतिक सांगठनिक र मनोवैज्ञानिक आधरहरु सम्पूर्ण रुपमै समाप्त पारेजस्तो देखिएको टिप्पणी ट्विट गरेका छन् । कार्यकारी अध्यक्ष प्रचण्डले पार्टीको सचिवालय बैठकमा पेश गरेका राजनीतिक प्रतिवेदनलाई लक्षित गरेर बाँस्कोटाले यस्तो टिप्पणी गरेका हुन् ।उनले प्रतिबेदन फिर्ता लिने की गम्भीर तनाबको यात्रा रोज्ने मर्जी आफ्नो भन्दै प्रचण्डलाई ब्याग्य गरेका छन् । ‘अविस्वास प्रस्ताव संसदमा पेश गर्दा प्रतिपक्षले लगाउने जस्ता अप्रमाणीत आरोपको पुलिन्दा हेर्दा अब पार्टीको एकता जीवन्त राख्ने राजनीतिक,सांगठनिक र मनोवैज्ञानिक आधार सम्पूर्ण रुपमै समाप्त पारेजस्तो देखियो। फिर्ता लिने वा गम्भीर तनावको यात्रा रोज्ने ? मर्जी आफनै त हो !’’भनेर ट्विट गरेका छन् । उनको ट्विट संगै राजनैतिक बृतमा तरङ छाएको छ ।

सचिवालयको अघिल्लो बैठकले उत्कर्षमा पुगेको नेकपा विवाद साम्य पार्ने अपेक्षा लिइए पनि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेस गरेको १९ पृष्ठ लामो प्रस्तावले विवाद झनै बल्झाइ दिएको छ। राजनीतिक प्रतिवेदनमा एकजुट भएर ओली पक्षलाई दबाब दिने रणनीतिमा लागेका छन्। सचिवालयमा रहेका प्रचण्ड, नेपाल, झलनाथ खनाल र वामदेव गौतम एक ठाउँमा छन्।बहुमत सचिवालय सदस्यहरु बैठकबाट थप दबाब दिएर ओलीलाई अध्यक्ष वा प्रधानमन्त्री मध्ये एक पद छोड्न वाध्य बनाउने रणनीतिमा लागेको छन्। प्रचण्डले पेश गरेको राजनीतिक प्रस्ताव फिर्ता नभएसम्म बैठक नबस्ने र आफू सहभागी नहुने सन्देश ओली पक्षीय नेताहरुले दिइरहेका छन् । यद्दपी ओलीले दुबै पद छाड्ने समेतका अपुष्ट खबर समेत आईरहेका छन् । (फाईल फोटो:पुर्ब सुचना तथा संचारमन्त्री गोकुलप्रसाद बाँस्कोटा ।)

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।