बाघको आक्रमणबाट चितवनमा एकको मृत्यु!

  बाघको आक्रमणबाट सोमबार एक जनाको मृत्यु भएको छ।पश्चिम चितवनको बाटुली पोखरीमा बाघको मृत्यु हुनेमा भरतपुर महानगरपालिका- १३ का ६० वर्षीय बाबुराम महतो रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाका अनुसार उनको शव सोमबार दिउँसो भेटिएको हो। उनी घरबाट घाँस काट्न बिहान आठ बजे निस्किएका थिए। चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा रहेको सो पोखरी सामुदायिक वनमा  घाँस काट्न गएको समयमा महतोलाई बाघले आक्रमण गरेको हो। बाघको आक्रमणपछि उनको टाउको र खुट्टामात्रै फेला परेको छ। घटनास्थलबाट दुई किलोमिटर पश्चिम जङ्गलमा उनको टाउको र खुट्टा भेटिएको उनले जानकारी दिए। घटना भएको जानकारी पाएपछि नेपाल प्रहरी, नेपाली सेना र निकुञ्जको टोली हात्तीसहित घटनास्थलमा पुगेका थिए।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।