सेक्सका लागि भेट्ने योजना गरेकोमा नेपाली युबा पक्राउ

सिड्नी ।
निरन्तर च्याट र अश्लिल सामाग्री पठाउदै सेक्सका लागि १४ बर्षीय बालिका संग भेट्ने योजना बनाएको केसमा साउथ सिड्नीमा एक नेपाली युबा पक्राउ परेका छन् । एनएसडब्ल्यू प्रहरी जासूसहरूले उनलाई पक्राउ गरेको हो ।घटनामा संलग्न एक प्रहरीका अनुसार एक महिना लामो अनुसन्धान पछि उनलाई पक्राउ गरिएको जनाईएको छ ।

बाल दुर्व्यवहार र यौन अपराध स्क्वायडको बाल शोषण इन्टरनेट इकाई (CEIU) का जासूस नोभेम्बर २०१९ मा आरोपितहरूसँग अनलाइनमा जोडिएको थियो । प्रहरीले पक्राउ पछि आरोपितले बालिकालाई सेक्सका लागि भेट्ने व्यबस्था मिलाएको दाबी गरेको छ ।

उक्त व्यक्तिलाई पक्राउ गरिएको केही समयपछि, सञ्चार पाठकको रूपमा मिडियाले पहिचान गरेपछि प्रहरीले वेन्टवर्थभिलमा रहेको उनको युनिटमा सर्च वारन्ट ल्याएको खबर छ । जासूसहरूले उनको युनिट बाट ल्यापटप र अन्य इलेक्ट्रोनिक उपकरणहरू जफत गरेका छन् ।

आरोपित युबालाई परामाटा प्रहरीमा लगिएको थियो । उनलाई १६ बर्ष भन्दा कम उमेरको व्यक्तिलाई यौन सम्पर्कको लागि क्यारेज सर्विस” प्रयोग गरेको आरोप लगाइएको छ । प्रहरीले अहिले सम्म उनको पहिचान भने खुलाएको छैन ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।