स्थगीत भयो राई ईज किङ लाईभ ईन सिड्नी

सिड्नी ।
नयाँ बर्ष सन् २०२० को अबसरमा कलिउड क्लबले घोषणा गरिएको ‘राई ईज किङ’ राजेश पायल राई लाईभ ईन सिड्नी सांगितिक कन्सर्ट भएको छ ।अष्ट्रेलियामा क्रिसमस लगायत लामो अबधिको सार्बजनिक बिदालाई मध्यनजर गर्दै समयमा नै भिषा आबेदन पेस गरिएको अबस्थामा समेत क्रिसमस लगायतको बिदाकै कारण कलाकारको भिषा नतिजा नआएको हुदा जनवरी ३ मा हुने भनिएको ईभेन्ट स्थगित गरिएको सुचना प्रकाशित गरिएको प्रेस बक्त्तब्यमा बताईएको छ ।

डिसेम्बर ३१ साँझ सम्म भिषा नतिजा आउन सक्ने अपेक्षाका बाबजुद कलाकारको तय भईसकेको उडान टिकट समेत रद्द नगरिएको अबस्था हुदै गर्दा भिषा नतिजा अन्तिम समय सम्म नआएको र जनवरी १ मा सरकारी बिदा रहेको र त्यस उप्रान्त भिषा जारी भएको खण्डमा समेत ईभेन्टका लागि कलाकार आउन सक्ने समय अबधि नरहेकाले कार्यक्रम स्थगित गर्न बाध्य आयोजक बाध्य भएको हो ।
साथै कार्यक्रमको टिकट खरिद गर्नुभएका महानुभाबको टिकट रकम ४८ घण्टाको अबधिमा फिर्ता गरिने प्रतिबद्दता आयोजकले गरेको छ ।
कार्यक्रममा राजेश पायल राई सहित बिन्दु परियार,द हाईपर र डिजे नटकेसले प्रस्तुती दिने तयारीमा थिए ।

यस्तो छ प्रेस बक्त्तब्य:

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।