सिड्नी आउदै राईज ईज किङ,बिध्यार्थीका लागि १५ डलर

सिड्नी ।
राईज ईज किङका उपमाले चिनिएका भर्सटाईल गायक राजेश पायल राई सांगितिक कार्यक्रमका लागि सिड्नी आउने भएका छन् ।नेपाली टिभिले नयाँ बर्ष २०२० को अबसरमा आयोजना गरेको उक्त सांगितिक कन्सर्टमा राईका साथमा नेपाली चलचित्रमा पार्श्व गायनमा पछिल्लो समयकी चर्चित गायिका बिन्दु परियार सहित सिड्नीका ब्याण्ड द हाईपर र डिजे नटकेसले साथ दिनेछन् ।सिड्नीको सार्क होटलको स्पेस बारमा हुने कन्सर्टमा गायक राई मुख्य कलाकारका रुपमा रहेका छन् । साढे दुई दशक नेपाली संगितमा बिताईसकेका राईले पहिलो पटक सन् १९९५मा पहिलो एलबम् मुरचना सार्बजनिक गरेका थिए ।

गाएक राईले अहिले सम्म १९ वटा आफ्ना एक एलबम् सार्बजनिक गरिसकेका छन् भने करिब १५० भन्दा बढी चलचित्रमा पार्श्व गायन दिएका छन् । उनले सन् २०१० मा राई ईज किङ नामक एलबम् सार्बजनिक गरे देखि उनलाई राईज ईज किङका उपमाले चिन्न थालिएको हो ।

राईज ईज किङको उपमा संगै उनले सन् २००९ मा सार्बजनिक भएको दर्शन नमस्ते एलबमलाई सन् २०१३ २०१६ र २०१९ मा गरेर दर्सन नमस्तेको चौथो संस्करण पुरा गरे ।

दर्शन नमस्ते ४ रिलिज संगै वर्ल्ड टुरमा रहेका गायक राईले पछिल्लो दुई महिनामा साउथ कोरिया,युके,अमेरिका र क्याण्डामा कन्सर्ट गरिसकेका छन् । वर्ल्ड टुरकै क्रममा अष्ट्रेलियाको कन्सर्ट जनवरी ३ मा हुने भएको हो । हाल राजधानीमा रहेका गायक राई वर्ल्ड टुर अन्तर्गत नै यसै साता अमेरिका प्रस्थान गर्दैछन् । भने, जनवरी १ मा सिड्नी आउने भएका हुन् ।

राजेश पायल राईको उक्त कन्सर्ट हेर्नका लागि सिड्नीका नेपाली बिध्यार्थीलाई १५ डलरको टिकट राखिएको छ । सिड्नीमा आयोजना हुने कन्सर्ट मध्ये बिध्यार्थीका लागि यो सर्बाधिक सस्तो टिकट हो ।

थप जानकारीका लागि प्रस्तुत फ्लाएर अनुसार सम्पर्क गर्न सक्नुहुनेछ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।