सिड्नी ।
गत शनिबार (३० नोभेम्बर )मा १९ बर्षिय नेपाली बिध्यार्थी नबिना महत हराएको सुचना एनएसडब्लु प्रहरीले सामाजिक संजाल फेसबुक मार्फत् जानकारी गराएको केहि घण्टामै उनी फेला परेकी छिन् ।
शनिबार देखी सम्पर्क बाहिर रहेको सम्बन्धित परिबारले प्रहरीमा रिपोर्ट दिएको प्रहरीले जनाएको छ । यद्दपी महत आईतबार दिउसो ४ बजेर ४५ मिनेटमा रेडफर्न ट्रेनस्टेनमा देखिएको र त्यसपछि उनलाई कतै नदेखिएको प्रहरीले जनाएको थियो ।
उनको खोजी कार्यमा सहयोग गर्न प्रहरीले मंगलबार साँझ आम सर्बसाधारणमा अपिल समेत गरेको थियो । प्रहरीको सुचना पछि उनलाई देख्नेहरुले सम्बन्धित परिवार र प्रहरीमा जानकारी गराएको थियो ।
नबिना क्याम्पसिमा साथीकोमा बस्दै गरेको अबस्थामा सकुसल फेला परेको उनका दाईले नेपाली टिभीलाई बताए । यस बिषयमा बुझ्न खोज्दा बहिनिले केहि कुरा पनि नबताएको दाईले जानकारी गराए ।
नबिनाले घटना बिबरण प्रहरीलाई बताएको तर परिवारलाई बताउन नचाहेको पनि उनले खुलाए । ‘किन घर नआएको’भन्ने सवालमा बहिनिले ‘खै किन किन मलाई नै थाहा छैन’ भन्ने किसिमको तर्क दिएको उनले बताए ।








