सिड्नीमा नेपाली बिध्यार्थी हराईन्

सिड्नी ।
सिड्नीमा पछिल्लो समय नेपाली समुदायका लागि दुखद् घटना घटिरहेका छन् । केहि दिन अघि मात्रै नेपाली युवतीले आफ्नै श्रीमानलाई धारिलो हतियार प्रयोग गरेर हत्या गरेकी थिईन् । सिड्नीमा मान्छे हराउने,पारिवारिक सम्पर्कमा नआउने जस्ता घटनाहरु हरेक बर्ष घटिरहेका छन् ।

NABINA MAHAT / NSW POLICE

गत बर्ष हराएका रामचन्द्र खड्का पन्ध्र महिना बितिसक्दा पनि उनको खबर सार्बजनिक हुन सकेको छैन ।

नेपाली समुदाय बढे संगै यहाँ हुने घटनमा क्रममा समेत वृद्दि भएको छ । यसैबिच गत शनिबार (३० नोभेम्बर )मा फेरी १९ बर्षिय नेपाली बिध्यार्थी नबिना महत हराएको एनएसडब्लु प्रहरीले सामाजिक संजाल फेसबुक मार्फत् जानकारी गराएको छ ।

शनिबार देखी सम्पर्क बाहिर रहेको सम्बन्धित परिबारले प्रहरीमा सुचना दिएको प्रहरीले जनाएको छ । यद्दपी महत आईतबार दिउसो ४ बजेर ४५ मिनेटमा रेडफर्न ट्रेनस्टेनमा देखिएको र त्यसपछि उनलाई कतै नदेखिएको प्रहरीले जनाएको छ ।

उनको खोजी कार्यमा सहयोग गर्न प्रहरी आम सर्बसाधारणमा अपिल समेत गरेको छ । ब्ल्याक सुज,ब्ल्याक पेन्ट र मरुन,ब्राउन टि-सर्ट लगाएकी महतले पिंक कलरको ब्याकप्याक पनि बोकेकी प्रहरीले जनाएको छ ।

यस बारे थप जानकारी आउन बाँकी छ ।
Anyone with information about this incident is urged to contact Crime Stoppers: 1800 333 000 or https://nsw.crimestoppers.com.au. Information is treated in strict confidence. The public is reminded not to report crime via NSW Police social media pages.

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।