सिड्नीमा ठगी क्रम बढ्दो,कामका लागि पैसा माग्दैछ सचेत रहनुहोस्

सिड्नी जहाँ सर्बाधिक मानिसहरु बसोबास गर्छन् । दिन प्रति दिन कामको लागि भौतारिनेहरुको कुनै अभाब छैन ।नेपाल बाट सुनौलो सपना लिएर अष्ट्रेलिया भित्रिए संगै पहिलो प्राथमिकताको काम भनेकै काम हो । कामका लागि काम,मानिसको जिवनको आधारभुत आबश्यकता भनेको गाँस,बाँस र कपास हो तर यहाँ गाँसको सुरुवात नै काम हो ।

Photo:Shutterstock

सटिकमा भन्नु पर्दा अष्ट्रेलियाको हकमा सबैथोक काम हो । काम छ गाँस छ,बाँस छ,कपास पनि छ । कामका लागि भौतारिएका बिशेषत: नेपाल बाट आएका नयाँ नयाँ बिध्यार्थीहरु सिड्नी सिटिको स्टेसन छेउ-छाउ तिर रिज्युमी बोकेर,तनाब मुडमा बसेका कोहि फोनमा कामका कुरा गरेका अधिकांस सुन्न र देख्न पाईन्छ । यो अधिकांस नयाँ बिध्यार्थीको साझा समस्या हो ।

तर,बिध्यार्थीको यो बाध्यता र ईमोसनलाई गलत नियतका ब्यक्तीले बिभिन्न प्रलोभनमा पारी उल्टै ठग्ने गरेका छन् । कामकै सन्दर्भमा कहि कतै यौन शोसण समेत हुने गरेका सामाजिक संजालमा बिभिन्न समयमा आईरहेका छन् ।

बिशेष गरी नेपाली क्ट्रयाक्टर भएको क्लिनिङको काममा बढी मात्रामा ठगी हुने गुनासो आईरहेका छन् । यसो र अन्य समुदायका कन्ट्रयाक्टर भएको कम्पनी या ब्यक्तीबाट समेत ठगी हुने गरेका छन् ।

तर,सिड्नीमा एक ब्यक्ती स्वयमले बिभिन्न ठुला ठुला युनिभर्सिटीका क्लिनिङको नक्कली सम्झौता कागज देखाएरै काम दिन्छु,काम पाउनका लागि चार सय डलर देखि एक हजार डलर सम्म तिर्नुपर्ने भन्दै पैसा लिने र पछि काम नदिने गरेर ठगेका गुनासा चौतर्फी रुपमा आएका छन् ।

केहि समय अघि ठगीकै सन्दर्भमा गैर-आवासीय नेपाली संघ अष्ट्रेलियाले सिड्नीमा क्लिनिङमा काम दिन्छु भन्दै ठगी गरेका एक ब्यक्तीका बिषयमा प्रेस बिज्ञप्ती जारी गरेर सचेत रहन आग्रह गरेको थियो ।

उक्त ब्यक्तीले एक सय भन्दा बढी बिध्यार्थीलाई ठगेको गुनासा आएपछि गैर-आवासीय नेपाली संघ अष्ट्रेलियाका निबर्तमान उपाध्यक्ष नन्द गुरुङले जारी गरेको प्रेस बिज्ञप्ती पश्च्यात केहि पिडितलाई सो ब्यक्तीले पैसा फिर्ता समेत गरेका थिए ।

अहिले पुन:सोही ब्यक्ती बाट निरन्तर रुपमा अष्ट्रेलियामा लामो समय देखि बसेका देखि नयाँ बिध्यार्थीहरुलाई समेत सोहि अनुसार ठगी गरेका गुनासा बढ्न थालेका छन् । यसर्थ कामका लागि कसैले काम मिलाईदिन्छु भन्दै पैसाको डिमाण्ड गरेको छ,कसैले घरमा बोलाएको छ भने सम्झनुहोस् केहि गडबड हुदैछ । यसर्थ कामका लागि बिशेषत: क्लिनिङका लागि पैसा मागेको छ भने सचेत रहनुहोस् कतै तपाईलाई ठग्दै त छैन ?

यो समचार होईन,सचेतनात्मक सामाग्री हो ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।