अष्ट्रेलियामा रहेका एक युवा बाह्र बर्ष देखी सम्पर्क बिहिन

सिड्नी ।
अष्ट्रेलियामा हरेक महिना जसो नयाँ नयाँ घटना क्रमहरु आउने गरेका छन् । डिप्रेसन,सुसाईड संगै सवारी दुर्घटना र समुन्द्रमा पौडीदा धेरैले ज्यान गुमाईसकेका छन् ।यस्तै पारिवारिक सदस्य संग सम्पर्कमा नहुने घटनाहरु पछिल्लो समयमा बढ्न थालेका छन् । गत बर्ष सिड्नीमा एक पारिवारिक ब्यक्ति परिवारको सम्पर्क बाहिर भए,जुन चौध महिना भैईसक्दा पनि कुनै खबर छैन ।यि बाहिर आएका प्रतिनिधि घटना मात्र हुन् यस्ता घटना अरु पनि रहेको हुन सक्ने अनुमान गर्न सकिन्छ ।

यसै क्रममा बाह्र बर्ष देखी एक युबा पारिवारको सम्पर्क बाहिर रहेको तथ्य खुलेको छ । जुन रहस्य सम्पर्क बाहिर रहेकाको दिदि स्वयमले सामाजिक संजाल कन्फेसनमा लेखेकी छिन् । उनले आफ्नो भाई १४ बर्ष अघि अष्ट्रेलिया गएको र १०,१२ बर्ष देखी परिवारको सम्पर्कमा नआएकाले कसैले देखेमा सम्पर्क गर्न अपिल गरेकी छिन् ।

थाईल्याण्ड बस्ने दिदिले लेखेको कन्फेसन यस्तो छ :

मेरो भाइ अस्ट्रेलिया गएको लगभग 14 बर्ष भयो। गएको 10,12 बर्षदेखि सम्पर्कमा छैन। फोन या फेसबुक या ठेगाना केही थाहा छैन। पहिला बसेको ठाउबाट सरिसकेको 5,6 बर्ष भयो रे। पहिला Hbसिड्निमा बसेको थियो । त्यत्ती थाहा छ। उसको नाम नबराज थापा हो, म उस्को दिदी हु। पढाइको क्रममा म अहिले थाइल्यान्ड छु। उसको आजभन्दा 9,10 बर्ष अगिको फोटो राख्दैछु। देख्नुभेट्नुहुनेले कृपया कमेन्ट मा खबर गरिदिनु होला। उसलाइ देख्नु भएको छ भने केही नभन्नुहोला ।ठेगाना लिने कोसिस गरिदिनुहोला। हामी निकै चिन्तित छौ। सम्पर्क र भेट हुने आशामा यत्रो बर्ष बितिसक्यो। धन्यवाद । उसको 12,13 बर्श अगिको फेसबुक एकाउन्ट पनि छ तर उस्ले चलाउदैन किनकी कतिबर्श देखि हामिले पठाको म्यासेज डेलिभर पनि भएको छैन। फेसबुकको प्रोफाइल पिक्चर र नाम (Nawaraj thapa) पनि म पोस्ट गर्दै छु।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।