एक जुट भए रकडेलका व्यवसायी

सिड्नी ।
सिड्नीको रकडेल आसपासमा नेपालीहरुको बाक्लो उपस्थित छ । देशकै मुख्य शहर सिड्नी जहाँ बाट २० किलोमिटरको दुरी हरेक सुबिधा-सम्पन्न सर्बअबमा नेपालीको बाक्लो बसोबास मात्र नभएर व्यापार-व्यबसायमा समेत दरिलो उपस्थित छ ।

Photo : Bill Saravinovski,Mayor Bayside Council

रकडेल-कोग्रा सर्बअबलाई स्थानीय समुदायले समेत नेपालीको सर्बअबका रुपमा समेत चिन्ने गरेका छन् । यो सर्बअबमा करिब एक सयको हाराहारीमा नेपालीको ब्यबसाय रहेको छ । नेपाली समुदायको बढ्दो क्रमले यहाँका व्यवसायीहरु एक जुट भएका छन् ।
हालै नेप्लिज बिजनेस काउन्सिल रकडेलका रुपमा स्थापित काउन्सिलले शुक्रबार गाला डिनरका बिच औपचारीक रुपमा काउन्सिलको स्थापना घोषणा समेत गरेको हो ।

सफल ब्यापारी शेष घले,एनएसडब्लुका जनर्ल कन्सुलेट दिपक खड्काको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा बेसाईड काउन्सिलका मेयर विल सराभिनोवस्की अग्रज नारायण प्रधान लगायतका व्यक्तित्वहरुको समेत उपस्थित थियो ।

कार्यक्रममा मयेर सराभिनोवस्की,घले र खड्का लगायतका बक्ताहरुले काउन्सिलको सफलताको शुभकामना ब्यक्त गर्दै मेयर सराभिनोवस्कीले रकडेल क्षेत्रमा भएको नेपालीको ब्यबसाय गौरब गर्न लायक रहेकाले नेपाली ब्यापारीहरुको प्रसंसा समेत गरे ।

को को छन् काउन्सिलमा
अध्यक्ष : युबराज भट्टराई
कोषाध्यक्ष : लक्ष्मण सापकोटा
जनसम्पर्क अधिकृत : राज के अधिकारी
सचिब : समिम अनबर
सहसचिब : शिब पौडेल
सदस्यहरु: निराजन प्रसाई
सुगीता राजभन्डारी
बिन्दु पौडेल
सुदिन केसी
प्रदिप शाह
महेन्द्र पौडेल

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।