राजदूत दाहालले बुझाए ओहोदाको प्रमाणपत्र

सिड्नी ।

अष्ट्रेलियाका लागि नवनियुक्त राजदुत महेश राज दाहालले बुधबार ओहोदाको प्रमाण पत्र बुझाएका छन् । देखि सोमबार देखी राजदुतको कार्यभार समालेका दाहालले अष्ट्रेलियाको गभर्नर जनरल डेबिड हर्लीसमक्ष प्रमाणपत्र बुझाएका हुन् । दाहालले ओहोदाको पत्र संगै राष्ट्रपति बिध्यादेबी भन्डारीको शुभकामना सन्देश समेत बुझाएका हुन्। क्यानबेरास्थित सरकारी आवासमा आयोजित एक विशेष कार्यक्रममा राजदुत दाहालको सम्मानमा सेनाको एक टुकडीले गार्ड अफ अनर सलामी समेत दिएको थियो ।

ओहोदाको प्रमाणपत्र बुझाएपछि सम्बोधन गर्ने क्रममा राजदूत दाहालले सन् १९६० देखि नेपाल र अष्ट्रेलियाबिच सुमधुर कुटनैतिक सम्बन्ध रहदै आएको अवगत गराएको दुतावासले जारी गरेको विज्ञप्तीमा लेखिएको छ ।सन् २०२० मा सम्बन्धको ६० औं वर्षगाठ मनाउने क्रममा रहेको भन्दै राजदूत दाहालले नेपाल र अष्ट्रेलियाले कुटनैतिक सम्बन्धलाई अझ बलियो बनाउदै जानुपर्नेमा जोड दिएको पनि विज्ञप्तीमा भनिएको छ । व्यापार, पर्यटन र लगानीको क्षेत्रमा दुबै देशले हातेमालो गर्नुपर्ने राजदूत दाहालको भनाई छ ।

गभर्नर जनरल डेबिड हर्लीले राजदूत दाहाललाई कार्यकालको सफलताको शुभकामना दिएका थिए । उनले सन् २०१६ मा आफुले नेपाल भ्रमण गर्दाको अनुभव समेत साटेका थिए ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।