नवनियुक्त राजदुत दाहालले समाले कार्यभार

सिड्नी ।
अष्ट्रेलियाका लागि नवनियुक्त राजदुत महेश राज दाहालले सोमबार देखि कार्यभार समालेका छन् । दाहाल शनिबार मात्रै राजधानी क्यानबेरा आईपुगेका हुन् ।

Photo : Embassy of NEPAL , Australia

राजदुत नियुक्तिको करिब दुई महिना पछि दाहाल अष्ट्रेलिया आएका हुन् । दाहालले कार्यभार समाले संगै कुटनितिज्ञ भेटघाट समेत गरेका छन् । उनले अष्ट्रेलियाको विदेश तथा वाणिज्य मामिला विभागकी प्रोटोकल प्रमुख केट लोगनसँग पनि भेटघाट गरेका छन् ।

राजदुत दाहालले बुधबार गभर्नर जनरल डेभिड हर्लेलाई ओहोदाको प्रमाणपत्रका साथमा राष्ट्रपतिको सन्देश समेत बुझाउने भएका छन् ।

Embassy of NEPAL , Australia

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।