टिच फर नेपालका लागी विनर सर्कलको ५० हजार सहयोग

सिड्नी ।
सिड्नीमा बस्ने नेपाली युबा बिध्यार्थीहरुको फेसबुक समुह ‘विनर सर्कल’ले टिच फर नेपालका लागि पचास हजार रुपैया सहयोग गरेको छ । हालै सिड्नीमा एक औपचारिक कार्यक्रमका बिच सर्कलले सहयोग रकम संस्थाका प्रतिनिधिलाई हस्ताण्तरण गरेको हो । सर्कलले प्रिन्ट गरेको १० टिसर्ट र क्याप बेचर फाईदा भएको रकम सहयोग गरेको सर्कलका नेतृत्वकर्ता रोशन खतिवडाले नेपाली टिभीलाई बताए ।

करिब तीन हजार फेसबुक सदस्य रहेको सर्कललाई रोशन खतिवडाले नेतृत्व गरिरहेकाका छन् । खतिवडा युबाहरुका बिषयमा सकृय रहदै आएका छन् ।
टिच फर नेपाल बिशेषत: नेपालका बिभिन्न दुर्गम क्षेत्रका शिक्षा बाट बन्चित बालबालिकाको शिक्षाका लागि काम गर्दै आएको छ ।

सर्कलले प्रदान गरेको सहयोग रकम ललितपुर,सिन्धुपाल्चोक,धनुसा,पर्सा,तनहुँ र लम्जुङ क्षेत्रमा सहयोग गर्ने जनाएको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।