अष्ट्रेलियामा रेमिट्यान्सका नाममा ठगी धन्दा

सिड्नी ।
अष्ट्रेलिया जहाँ दिन प्रतिदिन नेपाली समुदाय बढ्दो छ । हरेक तहमा योग्य नेपालीहरु छन् । केहि तहका नेपालीले नेपाल र नेपालीको पहिचानलाई अष्ट्रेलियामा फराकिलो बनाएका छन् । भने,केहिले नेपालीको पहिचानलाई बिगारेका पनि छन् । यस्तै-यस्तै छ अष्ट्रेलियामा ।

Photo:Google

करिब ५० हजार नेपाली बिध्यार्थी अष्ट्रेलियामा अध्ययनरत रहेको अनौपचारिक रुपमा भनिए पनि यकिन आधिकारिक धारणा भने पाउन सकिएको छैन । यहाँ काम समय र अध्ययनलाई ब्यबस्थापन गर्न बिध्यार्थीलाई त्यती सहज भने छैन ।

यहाँको महंगो बजारका कारण न निन्द्रा न त प्यास भने झै दिन रात नभनी कमाएको रकम बाट केहि रकम नेपालमा परिवारलाई पठाउने सपना रेमिट्यान्सले सफल पारिरहेका छन् । तर,केही रेमिट्यान्सले ठगी गरेका पिडितहरुले बताउदै आईरहेका छन् ।

अष्ट्रेलियामा कानुनी रुपमा जस्ले पनि सहज तरिकाले ब्यापार गर्न पाउछ । जसका कारण चाहिने भन्दा धेरै रेमिट्यान्सले ब्यापार गरिरहेका छन् । प्राय:नयाँ बिध्यार्थीहरुलाई गलत नियत भएका रेमिट्यान्सहरुले ठग्ने गरेको पिडितहरु बताउछन् ।

रेमिट्यान्स वालाले सामाजिक संजाल फेसबुक र भाईबर ग्रुपमा आफ्नो आकर्षक सेवा र रेटको जानकारी पोष्ट गरेपछि ५० पैसा देखी १ रुपैया बढी पाउने लोभ लालचमा त्यस्ता गलत नियत भएका रेमिट्यान्स वालाको सम्पर्कमा पुग्छन् र पैसा ट्रान्सफर गर्छन् तर नेपालमा पठाएको त्यो रकम लामो समय हुदा सम्म नेपालमा आफन्तले पाउन सक्दैनन् र रेमिट्यान्स वालालाई सम्पर्क गर्न खोज्दा उसको फोन सम्पर्क हुदैन फेसबुक हुनेले फेसबुक नै डिलिट वा डिएक्टिभेट गरिसकेका हुन्छन् ।

रेमिट्यान्स वालाको ठगी धन्दामा बढी मात्रामा नयाँ विध्यार्थी पर्ने गरेका छन् । ठगी गर्ने रेमिट्यान्स वालाले नयाँ-नयाँ विध्यार्थीलाई नै लक्ष्य गरेको देखिन्छ,जस्ले कहि कतै गएर उजुरी गर्न नसकोस् भन्ने उद्देश्यले नै नयाँ बिध्यार्थीलाई टार्गेट गर्ने गरेको बुझ्नमा आएको छ ।

तर,केहि रेमिट्यान्स वालाले यस किसिमको काम गर्दैमा सबै रेमिट्यान्स कम्पनीलाई गलत भन्न सकिदैन । केहि रेमिट्यान्स विश्वासिला पनि छन् । जस्ले समयमा नै परिवार समक्ष पैसा हाल्दिने गरेको पनि बिध्यार्थी बताउछन् ।

केहि समय अघि दुई जना बिध्यार्थीले दुई फरक फरक रेमिट्यान्स कम्पनीले पैसा ठगेको गुनासो गरेका थिए । एक पिडित बिध्यार्थीले भाईबर ग्रुपमा बिज्ञापन देखेको र बिज्ञापनमा बिश्वास गर्दै पैसा र पासपोर्ट भाईबरको ईनबक्समा पठाईदिएको बताउदै एक महिना हुदा सम्म आफुले दिएको बैकिंङ डिटेलमा पैसा डिपोजिट नभएपछि सुरुमा च्याट गरेको भाईबर नम्बरमा सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन,भाईबरमा जुन नामको रेमिट्यान्स थियो सो नाममा फेसबुक खोज्दा फेसबुक भेटिएन र अन्त्यमा केहि उपाय नलागेर बैक गएर बुझ्दा पिडितलाई दिएको बैक खाता अर्कै रेमिट्यान्स वालाको रहेको र पैसा सोही खातामा जम्मा भएको जानकारी बैकले दियो । त्यस लगत्तै सो रेमिट्यान्सलाई सम्पर्क गर्दा पैसा नेपालमा फलानो नाममा फलानो मितिमा जम्मा भएको देखाउदै केहि सहयोग गर्न नसक्ने जानकारी गराउछ,पिडितले भने ।

पिडितका अनुसार आफुले जुन रेमिट्यान्सलाई पैसा ट्रान्सफर गरेको थियो सोहि रेमिट्यान्सको खाता उसको नभई सक्कली रेमिट्यान्सकै भएको तर सो रेमिट्यान्सलाई पैसा ट्रान्सफरको स्कृन सट र आफ्नो पासपोर्ट पठाएर आफ्नो मान्छेलाई पैसा पठाएको र उक्त रेमिट्यान्स वाला सम्पर्क बिच्छेदमा रहदै,फेरी नयाँ नम्बर लिदै ठगी गर्दै आएको दाबी गरे ।
यस किसिमको घटना बाट रेमिट्यान्समा पनि बिचमा एजेन्ट हुने र अर्कको बैक एकाउन्ट प्रयोग गरेर पैसा र पासपोर्ट ट्रान्सफर गर्न लगाउने पछि पैसाको स्कृन सट पाएपछि सक्कली रेमिट्यान्स वालालाई सो स्कृन सट र पासपोर्ट पठाएर आफ्नो मान्छेको नाममा पैसा हाल्ने गरेको जानकार बताउछन् ।

यस किसिमको घटना कुनै नौलो भने होईन तर,पटक-पटक रेमिट्यान्सले ठग्यो भनेर कुर्लनु पुर्ब सत्य रेमिट्यान्स संग काम गर्न या त बैक बाट नै पैसा पठाउने गरेमा यस किसिमको घटना नियन्त्रणमा आउनेछ । यसतर्फ सम्बन्धित सबैको ध्यान जान आबश्यक छ ।

(यो समचार होईन,जानकारी मुलक सामाग्री हो ।)

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।